ad ad

राजनीति


मोदीले नेपाल भ्रमणको समय मिलाउन टिमलाई आदेश दिइसक्नुभयो : परराष्ट्रमन्त्री

मोदीले नेपाल भ्रमणको समय मिलाउन टिमलाई आदेश दिइसक्नुभयो : परराष्ट्रमन्त्री

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार १५:३६, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणबारे लागि आफ्नो टिमलाई तयारी सुरु गर्न आदेश दिइसकेको दाबी गरेकी छिन्। 

हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताएकी हुन्। 

मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिइन्। 

परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पुर्‍याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन्।

‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणालाई पनि औपचारिक रुपमा हस्तान्तरण गरेँ। र, त्यसको उहाँले सहर्ष स्वीकार गरेर आफ्नो टिमलाई भ्रमणको एउटा टाइम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो,’ उनले भनिन्।

परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .