राजनीति


अफगानिस्तानबारे हेगको आदेश, युद्धअपराधमा संलग्न अमेरिकी सेनामाथि पनि छानबिन हुन सक्ने

अफगानिस्तानबारे हेगको आदेश, युद्धअपराधमा संलग्न अमेरिकी सेनामाथि पनि छानबिन हुन सक्ने

नेपालखबर
फागुन २२, २०७६ बिहिबार १०:३३,

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अफगानिस्तान युद्धका क्रममा भएका युद्धअपराध र मानवताविरुद्धको अपराधमा अनुसन्धान गर्ने अनुमति दिएको छ।

यससँगै युद्धअपराधमा संलग्न तालिबान, अफगानी सुरक्षा फौज र अमेरिकी सुरक्षा फौजमाथि पनि अनुसन्धान गर्ने अनुमति दिएको छ।

यसअघि गत वर्षको अप्रिलमा सो अदालतको तल्लो तहले अफगानिस्तानमा युद्धअपराध भए पनि तीमाथि अनुसन्धान गर्न दिएको थिएन।

तर, हेगस्थित सो अदालतको माथिल्लो तहले पुरानो निर्णय उल्ट्याएको हो।

अब अमेरिकी गुप्तचर निकाय सीआईएका अधिकारीहरुमाथि समेत छानबिन हुन सक्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad