राजनीति


दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छ : महामन्त्री शर्मा

दुई पटक प्रधानमन्त्री र एक पटक मात्रै राष्ट्रपति बन्न पाउने प्रस्ताव केन्द्रीय समितिबाट पास हुन्छ : महामन्त्री शर्मा

विश्वप्रकाश शर्मा(फाइल तस्बिर)


नेपालखबर
भदौ १५, २०८१ शनिबार १४:४१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक मात्रै प्रधानमन्त्री बन्ने प्रस्ताव आइतबार बस्ने केन्द्रीय समितिको बैठकबाट पास हुने दाबी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यो नीति  साझा दृष्टिकोण र सहमतिबाट पास हुने बताए।

प्रधानमन्त्री जतिसुकै लोकप्रिय बनेपनि उसले दुई पटक भन्दा बढी बन्न नपाउने व्यवस्था हुनुपर्ने उनको प्रस्ताव छ। शर्माले अहिले केही समस्या रहेको भएपनि त्यसलाई छलफलबाट सहमतिले पास गरेर जाने उल्लेख गरे। महामन्त्री शर्माले एक पटक राष्ट्रपति बन्न पाउने र दुई पटक मात्रै प्रधानमन्त्री बन्न पाउने दृष्टिकोण बनाएर जानसके भविष्यमा सबै राजनीतिक दलहरुलाई प्रभाव पार्ने समेत बताए।

उनले भने, ‘यो देशमा खालि प्रधानमन्त्री उनैउनै उनै अनुहारहरु भइरहँदै गर्दा नागरिकलाई के चासो छ भने ताजाताजा नेतृत्व कहिले आउँछ? भन्ने चासो छ। त्यसैले मैले एउटा पोलिसी प्रस्ताव गरेको छु। कुनैपनि राजनीतिक दलले कसैलाई पनि राष्ट्रपति बनाउँदा दुई पटक होइन, यो देशको राष्ट्रपति केवल एक पटक मात्रै बनेर शितलनिवासबाट बढा शितल शितल मुद्रामा बिदा भएर जानुपर्छ। अनि प्रधानमन्त्री बन्दै गर्दा उहाँ चार चोटी बन्नुभयो रे, उहाँ पाँच चोटी बन्नुभयो रे, उहाँ ६ चोटी बन्नुभयो रे, भन्ने खालको अवस्था हाम्रो पुस्तामा अन्त्य गर्नुपर्छ। त्यो अन्त्य गर्न प्रधानमन्त्री जतिसुकै लोकप्रिय हुन्, जतिसुकै जनताको रुवावासी चलोस्, तपाईं फेरि बन्नुपर्छ भनेर जनताले दबाब दिउन्, तर दुई पटक प्रधानमन्त्री भएपछि तीन पटक प्रधानमन्त्री बन्न कसैले पनि पाउनु हुँदैन। यसरी नै यो पोलिसी अहिले जो प्रश्तावित छ, हामीभित्र कांग्रेसको कार्य समितिमा। अलिअलि समस्या भइरहेको छ, विवाद भइरहेको छ। त्यसलाई विवाद भन्दा पनि छलफल साथीहरुको दृष्टिकोण साझा र सहमतिको रुपमा भोलि कांग्रेसको केन्द्रीय समितिबाट पास हुन्छ। त्यो दृष्टिकोण अहिले पार्टीको बनेर गयो भने त्यसले भोलिको लागि सबै राजनीतिक दलहरुलाई प्रभाव गर्छ। यदी त्यो अहिले दृष्टिकोण बनेर गएन भने संविधान संशोधनको समयमा उपयुक्त समयमा छलफल गर्नेगरी त्यसलाई त्यतातिर लैजाने काम बन्छ नै  यस्ता रुपान्तरणका थुप्रै मुद्दाहरु अब तपाईं हामीले उठाउन जरुरी छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad