ad ad

राजनीति


धेरै आकांक्षीलाई पछि पार्दै नेकपा सर्लाहीको सचिव बने बुढाथोकी

धेरै आकांक्षीलाई पछि पार्दै नेकपा सर्लाहीको सचिव बने बुढाथोकी

नेपालखबर
फागुन २२, २०७६ बिहिबार ४:३६,

सत्तारुढ नेकपाको सर्लाही जिल्ला सचिवमा नेता कमल बुढाथोकी चयन भएका छन्।

पार्टीका महासचिव विष्णु पौडेलले बुधबार पार्टीको प्रदेश २ कमिटीलाई पत्र पठाउँदै सर्लाही जिल्ला सचिवमा बुढाथोकीलाई सिफारिस गरिएको जानकारी दिएका हुन्।

777

सर्लाहीमा बुढाथोकीसँगै राजकुमार राय यादव, विश्वजित यादव, लुमडि धिमाल, केशव ढुंगाना लगायतका नेता पार्टीको जिल्ला सचिवका आकांक्षी थिए।

पार्टी अध्यक्ष प्रचण्ड, सचिवालय सदस्य तथा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) लगायतका नेतासँग निकट सम्बन्ध भएका बुढाथोकी सर्लाहीका स्थापित नेता मानिन्छन्।

तत्कालिन नेकपा (माओवादी केन्द्र) को सर्लाही जिल्ला अध्यक्ष भइसकेका बुढाथोकी स्थानीय तहको चुनावमा हरिवन नगरपालिकाको मेयरमा थोरै मतले तत्कालिन एमाले उम्मेदवार गणेश प्रसाईसँग पराजित भएका थिए।

सर्लाहीका कुख्यात सुदखोर श्याम परदेशी र रामबाबु राय यादवलाई कारबाहीको नेतृत्व गरेका बुढाथोकीले आफूलाई सधैँ गरिब निमुखा जनताको पक्षमा उभ्याउँदै आएका छन्।

बुढाथोकीले नेतृत्व गरेको मिटरव्याज पीडित निमुखाहरुको संघर्षकै कारण परदेशी र यादव अहिले जेलमा छन्।

555

पार्टीले विश्वास गरेर आफूलाई सचिवको जिम्मेवारी सुम्पिएकाे भन्दै उनले खुसी व्यक्त गरे।

‘पार्टीले मलाई विश्वास गर्‍याे, खुसी नलाग्ने कुरै भएन,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘अब नेकपालाई जिल्लामा अझ मजबुद बनाउने गरी काम अघि बढाउने छौँ।’

उनले आफू सधैँ जनताको सुखदुखमा साथै रहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .