राजनीति


सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्छौं : मन्त्री भट्टराई

सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्छौं : मन्त्री भट्टराई

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १२:४९, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताएकी छिन्।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन्।

उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताउँदै उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन्। 

‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस्। चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस्। सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ,’

साथै, उनले पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने? भन्दै प्रश्न गरिन्।

‘सीटीईभीटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ। ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति। जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ। नयाँ ढंगले निर्माण गरेका छैनौँ। त्यही नीतिबाट मार्गदर्शिक छौँ। म आएपछि सीटीईभीटीलाई पुनःसंरचना गर्ने सोचेँ,’ मन्त्री भट्टराईले भनिन्, ‘सीटीईभीटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ। पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad