राजनीति


प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो : खतिवडा

प्रचण्डले सत्ताबाट बाहिरिनुपर्दाको आक्रोश पोख्नुभयो : खतिवडा

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १८:४२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएको बताएका छन्।

मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकार बनेको छोटो समयमै यस प्रकारको आक्रोश देखाउनु सरकारबाट बाहिरिनु पर्दाको पीडा रहेको उल्लेख गरे। 

अध्यक्ष प्रचण्डको आक्रोश कांग्रेस र एमालेप्रति र डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा मात्रै रहेको पनि बताए। विगतमा दाहाल नेतृत्वको सरकारका कामहरू पनि आफूले हेरेको भन्दै जिम्मेवारीका साथ प्रस्तुत हुन नसकेको बताए।

सार्वजनिक लेखा समितिको सभापतिको विषयमा तत्कालिन प्रतिपक्ष दललाई नै दिइएकाले विगतमा पनि सत्ता पक्षमा पुगेपछि प्रतिपक्षलाई नदिइएका धेरै उदाहरणहरू रहेको बताए। 

‘छोटो समयमा उहाँले केही कुरा राख्नुभएको छ। आक्रोशपूर्ण अभिव्यक्ति छ। विशेषगरी कांग्रेस र एमालेप्रति छ। उहाँ गठबन्धनमा हुँदा पनि उहाँले गरेको देखिएको थियो। डेडिकेटेड लाइन र ट्रंक लाइनको बारेमा बढी केन्द्रित हुनुभयो। लेखा समितिबारे पनि अलि जिम्मेवारीका साथ प्रस्तुत नभएको उहाँको कुरा देखिन्थ्यो। सत्ताबाट जानुभएको छ, आक्रोश छ। सार्वजनिक लेखा समिति आफू अनुकुल उठाउनुभएको हो। पहिला पनि यस्तो भएको छ तर प्रतिपक्षले पाउनुपर्ने कुरा नै हो। विगतमा उहाँहरू सत्तामा हुँदा नदिइएको कुरा पनि सत्य हो,’ खतिवडाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad