ad ad

राजनीति


पार्टीको निर्णयअनुसार नै प्रधानमन्त्रीले राष्ट्रियसभामा नियुक्तिका लागि सिफारिस गर्नुहुन्छ : नेम्वाङ

पार्टीको निर्णयअनुसार नै प्रधानमन्त्रीले राष्ट्रियसभामा नियुक्तिका लागि सिफारिस गर्नुहुन्छ : नेम्वाङ

नेपालखबर
फागुन २१, २०७६ बुधबार १२:२९,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलेले पार्टीले दिएको सुझाब अनुसार नै राष्ट्रियसभामा सरकारले मनोनयन गर्ने बताएका छन्।

उनले सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रिय सभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश र जनता ठूलो भएकाले पार्टीको सुझाबलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयन गर्ने बताएका हुन्।

बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेता नेम्वाङले संविधानले सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने उल्लेख भएअनुसार पार्टीको सुझाबलाई समेत मानेर अगाडि बढ्ने विश्वास आफुले गरेको बताए।

‘मैले एउटै कुरा भन्ने गरेको छु, व्यक्तिभन्दा पार्टी ठूलो हो पार्टीभन्दा देश र जनता ठूलो हो। फेरि हामीले यसो भनिरहँदा ,आफ्नो काम गरिरहँदा सबैकुरा संविधान बमोजिम हुन्छ भन्ने हामीले विश्वास गर्छौं’, उनले भने ‘संविधानले राष्ट्रिय सभामा मनोनयनको यो पक्षलाई चाहिं सरकारको सिफारिसमा छोडेको छ। त्यसैले सचिवालयले अनुरोध गरेको भनेर लेखेको छ। बाहिर चर्चामा आएको छ। प्रधानमन्त्री ले पनि साथीभाइहरुको अनुरोधलाई मैले हेरिरहेको छु, विचार गरिरहेको छु भन्नुभएको छ।’

उनले अर्थमन्त्रीको नियुक्ति संघीय संसदको सदस्य नभए पनि ६ महिनाको लागि हुन सक्ने संविधानको व्यवस्था अनुसार भइसकेको बताए। प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई नै नियुक्ति गर्ने विचार व्यक्त गरेको भए पनि पार्टी सचिवालयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई लैजान अनुरोध गरेकाले प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिएको उनले बताए। उनले प्रधानमन्त्री ओली अहिले हस्पिटलमा भएकाले उनी पूर्णरुपमा स्वस्थ भएपछि छलफल गरेर सरकार निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .