राजनीति


प्रतिनिधि सभा बैठक: प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधि सभा बैठक: प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
भदौ ६, २०८१ बिहिबार ७:५७, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (बिहीबार) दिउँसो बस्दैछ। बैठक दिउँसो १ बजेदेखि सुरु हुने प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले जानकारी दिए। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले राखेका प्रश्नको जवाफ दिने कार्यसूची छ।  

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद–९ मा सांसदले प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने व्यवस्था छ।  

बुधबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई मर्यादित र व्यवस्थित बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

त्यसैगरी आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

त्यस्तै सांसद डा.तोसिमा कार्कीले हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने भन्ने सार्वजनिक महत्त्वको विषयमाथि स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराउने कार्यसूची पनि छ।

यस्तै, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रस्तुत गर्नेछन्। यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधनं विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने पनि कार्यसूची तय भएको छ। 

हेर्नुहोस् आजको प्रतिनिधि सभा बैठकको कार्यसूची


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad