ad ad

समाज


मकवानपुरमा भैँसीले बाघ मार्‍यो

बाघको आक्रमणबाट भैँसी पनि घाइते
मकवानपुरमा भैँसीले बाघ मार्‍यो

भैँसीको आक्रमणबाट मरेको बाघ


सुनिता विष्ट
भदौ ६, २०८१ बिहिबार ८:३६, हेटौँडा

मकवानपुरमा भैँसीले बाघ मारेको छ। 

बिहीबार (आज) बिहान ३ बजेतिर मनहरी गाउँपालिका- ६ प्रतापपुरका बलबहादुर राईको भैँसीले गोठमा आएको बाघलाई हानेर मारेको हो।

जस्ताको छानो भएको राईको गोठमा रहेको भैँसीलाई बाघले आक्रमण गर्ने क्रममा भैँसीले प्रतिकार गर्दा बाघ मरेकाे हाे। 

पर्सा वन्यजन्तु आरक्षणमा सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले घटनाको अनुगमन गरेको छ। त्यसक्रममा भैँसीले हान्दा बाघ मरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

गोठमा रहेको भैँसी पनि बाघको आक्रमणबाट सामान्य घाइते भएको छ। 

गर्धनसहित शरीरका केही भागमा चोट लागेपनि भैँसीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

बाघले गाेठमा आएर भैँसीलाई आक्रमण गर्न थालेपछि घरधनीले थाहा पाएका थिए। छिमेकीहरूसहित आफू गोठमा पुग्दा बाघ मरेको अवस्थामा फेला परेको भैँसीधनी राई बताए।

घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदमपोखरी सेक्टर लापमटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियाे।

भैँसीको आक्रमणबाट मरेको बाघ बूढो भैसकेको प्रहरीले जनाएको छ। भैँसीले सिङले हान्दा र खुट्टाले कुल्चिँदा बाघ मरेको हुन सक्ने अनुमान गरिएको छ। पोस्टमार्टमका लागि मृत बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, कसरा लगिएको लगिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .