ad ad

राजनीति


तत्कालीन जनमुक्ति सेनाको ब्यारेकमा सभामुख

तत्कालीन जनमुक्ति सेनाको ब्यारेकमा सभामुख

नेपालखबर
असार १८, २०७६ बुधबार ७:४६,

सभामुख कृष्णबहादुर महराले बुधबार तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन्।

सो अवसरमा सभामुख महराले देशमा ठूलो परिवर्तन गर्न संंक्रमण कालमा ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए। उनले तत्कालीन जनयुद्धको सम्झना गर्दै भने, ‘अब यस ऐतिहासिक ब्यारेक स्थलको विकास हुनु जरुरी रहेको छ।’ सभामुखले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्थापन गर्न आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले ऐतिहासिक जनयुद्धको सम्झना र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस ब्यारेकलाई युद्ध सङ्ग्रहालय बनाउने तयारी गरेको सभामुखलाई जानकारी गराएका थिए। त्यस अवसरमा स्थानीय संकामवासीले सडक, बिजुली टेलिफोन र खानेपानीको समस्या भोग्नु परेको भन्दै व्यवस्थापन गर्न माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .