ad ad

राजनीति


लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

फाइल तस्बिर


नेपालखबर
भदौ ४, २०८१ मंगलबार १०:२०, काठमाडौँ

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। 

एमाले नेता आचार्य नेपाली कांग्रेससँगको गठबन्धनबाट गएको साउन ७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा आचार्य एमाले संसदीय दलको उपनेता थिए। आचार्य तीन दिनअघि मात्रै एमाले संसदीय दलको नेता चयन भएका हुन्। दलको नेता चयन भएपछि उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ। 

आचार्यलाई कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थन छ। 

आचार्यलाई विश्वासको मत दिन सत्तारुढ दल कांग्रेस, एमालेले ह्वीप नै जारी गरेका छन्। उनलाई जसपाका २, जसपा नेपालका एक र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले पनि समर्थन गर्ने जनाएका छन्। आचार्यले विश्वासको मत पाउने सुनिश्चित जस्तै छ।

लुम्बिनी प्रदेशसभामा माओवादीका १०, राप्रपाका ४, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका उकरएक जना गरी १७ सांसद उनको विपक्षमा उभिने तयारीमा छन्। ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा आवश्यक बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ। 

मुख्यमन्त्री आचार्य एमाले महासचिव शंकर पोखरेल निकट मानिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .