राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) का सांसद डा वेदुराम भुसाालले समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका छन्।
आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइएको बताए।
उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने? कस्तो संशोधन गर्ने? केका निम्ति संशोधन गर्ने? भन्ने प्रश्न रहेको बताए। उनले दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन भए स्वीकार्य नहुने चेतावनी दिए।
उनले भने, अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन्। संविधान संशेधन गर्ने शर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ। हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन। संशोधन हुनसक्छ। तर संशोधन के उद्देश्यले गर्ने? कस्तो संशोधन गर्ने? केका निम्ति संशोधन गर्ने? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो? समानुपातिक समावेशी सहभागितामुलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो? यदी यसो हो भने यो स्वीकार्य हुनेछैन।’
सांसद भुसालले दुई दलबीचको सहमतिले संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार गर्न नपाइने बताए। उनले भ्रष्टाचार बढेर गएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
Shares
प्रतिक्रिया