ad ad

राजनीति


रास्वपा सहमहामन्त्री आचार्यसँग सहकारी छानबिन समितिले लियो बयान

रास्वपा सहमहामन्त्री आचार्यसँग सहकारी छानबिन समितिले लियो बयान

नेपालखबर
भदौ २, २०८१ आइतबार १४:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यसँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको छ। आइतबार सिंहदरबारस्थित सचिवालयम आचार्यसँग बयान लिइएको हो। 

सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा जाँदा आचार्यको तर्फबाट गएकोबारे समितिले उनीसँग सोधपुछ गरेको हो। 

उनले गोर्खा मिडियामा क्रिएटिभ डाइरेक्टरको रुपमा काम गरेका थिए।

समितिसँग उनले सहकारीको रकम अपचलनमा आफ्नो कुनै भूमिका नभएको बताएका छन्। 

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ। 

शनिबार कलाकार समेत रहेका मधुसूदन पाठकसहित अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो।

सभापति थापाका अनुसार, बयान लिने क्रम अन्तिम चरणमा पुगेको छ भने अब समिति प्रतिवेदनमा केन्द्रित हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .