ad ad

राजनीति


पर्यटनमन्त्री पाण्डे भन्छन्– देशको राजनीति पेचिलो अवस्थामा छ

पर्यटनमन्त्री पाण्डे भन्छन्– देशको राजनीति पेचिलो अवस्थामा छ

नेपालखबर
भदौ २, २०८१ आइतबार १३:२५, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयाजित एक कार्यक्रममा बोल्दै उनले देशको राजश्वले चालु खर्च नधान्ने भइसकेको बताए।

‘देशको राजनीति बडो पेचिलो अवस्थामा छ। सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजश्वले चालु खर्च नधान्ने भइसकेको छ। एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ। राजश्व चालु खर्च नधान्ने अवस्था छ,’ मन्त्री पाण्डेले भने।

एक अर्ब राजश्व उठ्दा दिनमा दुई अर्ब खर्च हुने गरेको उनको भनाइ थियो।

लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको मन्त्री पाण्डेले बताए।

‘अर्कातिर पुँजीगत खर्च जसका नाममा हामीले पुँजीलाई प्रवद्र्धन गर्नुपर्छ। पुँजी निर्माण गर्नुपर्छ। त्यो पुँजीगत खर्च भन्दा वित्तीय व्यवस्थापन खर्च भनेर हामीले लिएको ऋणको सावाँ ब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्च भन्दा बढी आकार भएको अवस्था छ,’ उनले भने, ‘यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ। राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरूलाई बदल्नुपर्छ। त्यसका लागि नविन सोच, दृष्टिकोण अनिवार्य छ।’

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेकाले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .