राजनीति


चार दिने भ्रमणका लागि परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

चार दिने भ्रमणका लागि परराष्ट्रमन्त्री राणा भारत प्रस्थान

नेपालखबर
भदौ २, २०८१ आइतबार ११:४१, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। 

परराष्ट्र मन्त्रालयका अनुसार, उनी आइतबार (भदौ २) गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

भारतको औपचारिक भ्रमणमा उनले त्यहाँका प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गर्ने तयारी छ। 

परराष्ट्रमन्त्री राणाको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ। यद्यपि, सो भेट हुने नहुने भन्नेबारे यकिन भइसकेको छैन।

मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ। 

नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग राणाको भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन्। 

यसअघि उपचारको सिलसिलामा राणा नयाँदिल्ली जाने योजनामा रहेपनि उनको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए। 

भारतीय विदेशमन्त्री डा. जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad