राजनीति


परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको घोषणा

परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको घोषणा

परराष्ट्रमन्त्री आराजु राणा देउवाको भारत भ्रमणको घोषणा भएको छ।(फाइल तस्बिर)


नेपालखबर
भदौ १, २०८१ शनिबार १८:५१, काठमाडौँ

परराष्ट्रमन्त्री आराजु राणा देउवाको भारत भ्रमणको घोषणा भएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्री देउवाको चार दिने भारत भ्रमणको घोषणा गरेको हो।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी आइतबार भारत जान लागेकी हुन्। भ्रमणका क्रममा उनले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नेछिन्।

भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले आफ्नो स्वास्थ्य उपचार समेत गर्नेछिन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनेछिन्। 

परराष्ट्रमन्त्री राणा शुक्रबार नेपाल फर्किनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad