ad ad

राजनीति


सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस् : गुरुङ

सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुस् : गुरुङ

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १७:२४, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सुशासनको अभाव रहेको बताएका छन्।

काठमाडौँमा शुक्रबार राष्ट्रिय समाचार समितिको रासस मिडिया संग्रहालय शुभारम्भ गर्दै उनले नेपालीहरूले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासन रहेको बताए। 

सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको बताउँदै उनले जम्मा बजेटको ३० प्रतिशत विकास बजेट छुट्याएपनि १५ प्रतिशत मात्रै खर्च हुने कुराले देश बन्न नसक्ने दाबी गरे।

‘हामीले भोगिरहेको सबैभन्दा ठूलो समस्या सुशासनको समस्या हो। हामीले गत वर्ष झन्डै झन्डै पछि १५ खर्बमा झारेको १८ खर्ब ५१ अर्ब बजेट थियो। ३ खर्ब विकासका लागि छुट्याएको। जम्मा डेढ खर्ब खर्च भएको। यो मुलुकमा सुशासनको प्रत्याभुति हुन नसकेर हाम्रो सरकार सरकार जति रेस्पोन्सीबल हुनुपर्ने हो त्यो हुन नसकेर साँच्चै नै रुल अफ ल ठिक ढंगले कामय भएन। यो लाजमर्दो कुरा हो,’ मन्त्री गुरुङले भने।

मन्त्री गुरुङले भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको पनि बताए।

‘भ्रष्टाचार भइरहने, विचौलियाको बिगबिगी भइरहने, जनताको आशा र अपेक्षाप्रति उत्तरदायी हुन नसक्ने परिस्थिति छ। यसमा मिडियाको भूमिका ठूलो छ। मिडियाले आफ्नो भुमिका राम्रोसँग पूरा गर्ने हो भने सरकार उत्तरदायी हुन बाध्य हुन्छ, जनता र मुलुकको समस्याप्रति। सत्तामा पुगेपछि कानमा तेल हाल्ने मन्त्रीहरूको आलोचना गर्नुपर्छ। उनीहरूलाई रेस्पोन्सिबल बनाउनु पर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .