समाज


यी हुन् सरुवा भएका ५९ जना सहसचिव, को कहाँ?

यी हुन् सरुवा भएका ५९ जना सहसचिव, को कहाँ?

मन्त्रिपरिषद् बैठक। फाइल तस्बिर


नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १७:३०, काठमाडौँ

निजामती सेवाका ५९ जना सहसचिवको एकैपटक सरुवा भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवको सरुवा गरेको हो।

जसअनुसार चण्डीप्रसाद घिमिरे उद्योग मन्त्रालयबाट र यमलाल भुसाल राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव विनोदबहादुर कुँवर पनि प्रधानमन्त्री कार्यालयमै पुगेका छन्। उनी प्रधानमन्त्रीका निजी सचिव पनि हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेकी कृष्णकुमारी श्रेष्ठ र संघीय मामिलामै रहेका सुमन दाहाल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्।

बाग्मतीको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका हरिशरण पुडासैनी अर्थ मन्त्रालयमा पुगेका छन्।

संघीय मामिलाकै अतिरिक्त समूहमा रहेका दीपक लामिछाने अर्थ मन्त्रालय सरूवा भएका छन्। राष्ट्रिय योजना आयोगका महेश भट्टराईलाई पनि अर्थमै पठाइएको छ।

गण्डकीको मुख्यमन्त्री कार्यालयका यमुना प्रधान, कोसीको आर्थिक मामिला मन्त्रालयका श्यामप्रसाद भण्डारी र लोक सेवा आयोगका गोपीकृष्ण कोइराला पनि अर्थ मन्त्रालय सरुवा भएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट मदन दाहाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहकी कविता रेग्मीले पनि अर्थमा जाने अवसर पाएका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद निरौला, गृह मन्त्रालय झक्कप्रसाद आचार्य र भरत खनाल परराष्ट्रमा सरूवा भएका छन्। अतिरिक्त समूहमा रहेका विन्देश्वरप्रसाद लेखक परराष्ट्र पुगेका छन्। उनीहरूको महावाणिज्यदूत बनाउने गरी सरूवा भएको ठानिएको छ। 

परराष्ट्रमा रहेका नवराज ढुंगानालाई सुदूरपश्चिमको प्रदेश प्रमुख कार्यालयमा, नारायणप्रसाद भट्टलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ।

लीलाप्रसाद शर्मा रक्षा मन्त्रालयबाट गृह मन्त्रालयमा पुगेका छन्।

ईश्वरराज पौडेल परराष्ट्र मन्त्रालय (कोलकातामा महावाणिज्यदूत) बाट लुम्बिनीको मुख्यमन्त्री कार्यालयमा पुगेका छन्। लुम्बिनीको मुख्यमन्त्री कार्यालयबाट निराजन घिमिरे राष्ट्रपति कार्यालय पुगेका छन्।

आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई कर्णाली प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् भने भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरूवा भएका छन्।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख नरेन्द्रकुमार राना लोक सेवा आयोगमा पठाइएको छ। भन्सार विभागका उपमहानिर्देशक रामकुमार महतो पनि लोक सेवा आयोगमै सरूवा हुन पुगेका छन्।

अर्थ मन्त्रालयका रितेशकुमार शाक्यलाई सामान्य प्रशासन मनत्रालयको अतिरिक्त समूहमा पठाइएको छ। उनीविरूद्ध भ्रष्टाचार मुद्दा विचाराधीन छ।

अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डे पनि संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन्। 

टोकराज पाण्डेलाई अर्थ मन्त्रालयबाट गृह मन्त्रालयमा सरुवा गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालमा सरुवा भएका छन्।

सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयमा रहेका शिवराम पोखरेल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा र निर्वाचन आयोगबाट रघुराम विष्ट गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

ज्ञानहरि घिमिरे हुलाक सेवा विभागका महानिर्देकबाट बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पुगेका छन्। महालेखा नियन्त्रक कार्यालयका नारायणप्रसाद सापकोटा निर्वाचन आयोग पुगेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका बाबुराम गौतम गण्डकीको मुख्यमन्त्री कार्यालय सरूवा भएका छन्।

बाग्मतीको प्रदेश लोक सेवा आयोगकी नीता पोखरेल अर्याल निर्वाचन आयोगमा आएकी छिन् ।

सहसचिव रामकृष्ण लामिछाने वैदेशिक रोजगार कार्यालय, ताहाचलबाट पर्यटन मन्त्रालयमा र हेमराज तामाङ पर्यटन मन्त्रालयबाट कोसीको मुख्यमन्त्री कार्यालयमा सरूवा भएका छन्।

रुद्रप्रसाद पण्डित पर्यटन विभागका महानिर्देशकबाट राष्ट्रिय योजना आयोगमा सरुवा भएका छन्।

सहसचिव चक्रबहादुर बुढा राजस्व अनुसन्धान विभागका महानिर्देशकबाट संघीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा पुगेका छन्।

प्रधानमन्त्री कार्यालयका सहसचिव अर्जुन भण्डारी राष्ट्रिय योजना आयोग पुगेका छन्। उनी यसअघिका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए।

प्रधानमन्त्री कार्यालयकै पुष्पराज शाही कर्णालीको मुख्यमन्त्री कार्यालय पुगेका छन्।

सहसचिव पुष्कर न्यौपानेले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट कोशीको प्रदेश प्रमुखको कार्यालयमा जिम्मेवारी पाएका छन् । सहसचिव शंकर नेपाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट कोशीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजेश्वर ज्ञवाली राष्ट्रिय योजना आयोगमा र गण्डकीको प्रदेश लोक सेवा आयोगमा रहेका ऋषिराम तिवारी गृह मन्त्राय पुगेका छन्।

रमेश ढकाल निर्वाचन आयोगबाट गृह मन्त्रालयमा, भूपेन्द्र थापा गृह मन्त्रालयबाट लुम्बिनीको मुख्यमन्त्री कार्यालयमा, कमलप्रसाद भट्टराई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएका छन्।

सहसचिव सूर्यबहादुर खत्री गृह मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा कार्यरत प्रदीपकुमार कोइराला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुगेका छन्।

चन्द्रकला पौडेल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा सरुवा भएकी छिन्।

दीपकराज नेपाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पठाइएको छ । प्रकाश दाहाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट संघीय मामिला मन्त्रालयमा जिम्मेवारी पाएका छन् । ज्ञानप्रसाद ढकाल रक्षा मन्त्रालयमा सरुवा भएका छन् ।

राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्साल गृह मन्त्रालयमा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ।

बाग्मतीको मुख्यमन्त्री कार्यालयकी हुमकला पाण्डे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएकी छिन्। कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराईलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरूवा गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad