ad ad

राजनीति


प्रचण्डले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

प्रचण्डले गरे प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

नेपालखबर
फागुन २०, २०७६ मंगलबार ११:२९,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन्।

मंगलबार दिँउसो अध्यक्ष प्रचण्डले एक विज्ञप्ति प्रकाशित गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेका हुन्।

‘हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको छ। उहाँको दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दोस्रो पटकको मिर्गौला पत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्। उनलाई झापाकी भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी हुन्। ६९ वर्षीय प्रधानमन्त्री ओलीको २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौलाको प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .