ad ad

राजनीति


संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ : देउवा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छ : देउवा

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:३, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन गर्न बनेको विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको बताएका छन्। 

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भएको छ।’ 

यो संशोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालिरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

‘संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउँदै गर्दा हामीलाई अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ,’ उनले भने, ‘यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवालाले पनि स्वागत गर्ने हाम्रो विश्वास छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .