ad ad

राजनीति


मन्त्री भण्डारीसँग अस्ट्रेलियाली राजदूतको बिदाइ भेट

मन्त्री भण्डारीसँग अस्ट्रेलियाली राजदूतको बिदाइ भेट

नेपालखबर
साउन ३०, २०८१ बुधबार १३:३०, काठमाडौँ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गरेमन छन्।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालका लागि अस्ट्रेलियाको राजदूतका रूपमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा मन्त्री भण्डारीले राजदूत भोल्कलाई बधाई दिए। नयाँ आउने राजदूतले आगामी दिनमासमेत नेपाल र अस्ट्रेलियाबीचको सुमधुर सम्बन्ध थप विस्तार गर्ने विश्वास उनले व्यक्त गरे। 

दुई मुलुकबीच मित्रता, सहयोग, पारस्परिक विश्वास र सम्मानमा आधारित सौहार्द्रपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले भने, ‘अस्ट्रेलिया नेपालको मित्रराष्ट्र हुनाका साथै विकास प्रक्रियाको महत्वपूर्ण साझेदार रहँदै आएको छ, नेपालले स्वास्थ्य, जनजीवन, शासकीय प्रबन्ध, जनशक्ति विकासलगायत क्षेत्रमा अस्ट्रेलियाबाट सहयोग प्राप्त गर्दै आएको छ।’

अस्ट्रेलिया नेपाली विद्यार्थीको उच्च शिक्षा अध्ययनको प्रमुख गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली समुदायलाई अस्ट्रेलियामा उपलब्ध सहयोगका लागि अष्ट्रेलियन सरकारलाई धन्यवाद दिए। उनले अस्ट्रेलियाबाट नेपालमा पर्यटक आगमनसमेत उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा पर्यटकको सङ्ख्या थप वृद्धि हुने विश्वास व्यक्त पनि व्यक्त गरे।

‘नेपालको सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिलाई सहज, दिगो र अपरिवर्तनीय बनाउन र नेपालले दिगो विकासका लक्ष्य प्राप्तिका लागि थप स्रोत, प्रविधि तथा साझेदारी आवश्यक छ’, मन्त्री भण्डारीले भने, ‘यस सन्दर्भमा व्यापार, लगानी तथा पर्यटनलगायत क्षेत्रमा नेपालले अस्ट्रेलियाबाट थप सहयोगको अपेक्षा गरेको छ, अस्ट्रेलियामा रहेर महामहिमले यस क्षेत्रमा सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु।’

्लगानीको दृष्टिकोणबाट समेत अष्टे«लिया प्रमुख मुलुकका रूपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपालमा सूचना प्रविधि, जलविद्युत्, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेकाले लगानीको पहलका लागि राजदूत भोल्कसमक्ष आग्रह गरे।

सो अवसरमा राजदूत भोल्कले आगामी दिनमा दुई देशबीचको व्यापार, लगानी, पर्यटन तथा शिक्षाको क्षेत्र थप विस्तार, सुदढ र सन्तुलित हुने विश्वास व्यक्त गरे। साथै उनले नेपालमा आयोजना गरिएको व्यापार तथा लगानी प्रवद्र्धन समितिको पहिलो बैठक दुई मुलुकबीचको लगानी तथा व्यापार अभिवृद्धि गर्न महत्त्वपूर्ण हुने बताए। 

राजदूत भोल्कले अस्ट्रेलियामा रहँदासमेत नेपाल र नेपालीको हकहितको विषयमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। भेटघाटका अवसरमा मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख बाबुराम अधिकारीलगायत मन्त्रालयका अन्य पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीको समेत उपस्थिति थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .