ad ad

राजनीति


भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य हुँदैन : रास्वपा

भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य हुँदैन : रास्वपा

नेपालखबर
साउन २९, २०८१ मंगलबार १२:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचारसम्बन्धी कानुनमा हदम्याद राख्ने कुरा सह्य नहुने बताएको छ। मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो बारेमा पार्टीको धारणा बनाएको हो।

बैठकमा भ्रष्टाचारसम्बन्धी कानून बनिरहेको र त्यसमा हदम्याद राख्नेकुरा कदाचित राजनीतिक दलहरूले गरिरहेको भन्दै रास्वपालाई स्वीकार्य नहुने पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए। 

‘भ्रष्टाचारसम्बन्धी कानुन जुन बनिरहेको छ, त्यमसा हदम्याद राख्नेकुरा कदाचित स्वीकार्य छैन। भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए चल्नुपर्छ,’ परियारले भने, ‘निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरूले गम्भीर त्रुटी गर्दैछन्, त्यो रास्वपाले स्वीकार गर्दैन।’

भ्रष्टाचारको मुद्दामा कुनैपनि बेला भ्रष्टाचारको आशंका भए मुद्दा चलाउनुपर्ने र निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा जानेगरी राजनीतिक दलहरूले गम्भीर त्रुटी गरिरहेको उनको भनाइ थियो। 

पार्टीले संसदमा पनि यसबारेमा आफ्ना धाराण राख्ने उनले जानकारी गराए।

‘मुलतः हामीले तीन वटा विषयमा छलफल चलाएका छौँ। एउटा राष्ट्रिय स्वतन्त्र पार्टीले जलन सम्बन्धी गैरसरकारी एउटा विधेयकको तयारी गरेको छ। त्यो विधेयकका अन्तिम छलफल आज चलिरहेको छ। जलन सम्बन्धी विधेयक अन्तिम छलफल हुँदैछ र सम्भवतः आज नै दर्ता गर्नेछौँ,’ उनले भने, ‘संसदको कानुन समितिले जुन संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसहमतिले प्रतिनिधि सभामा प्रस्तुत गर्ने भनिएको छ, त्यसमा पनि छलफल चलायौँ र आगामी दिनमा संसदको गतिविधिहरू कसरी गर्ने, कसरी अगाडि जाने भन्ने मुद्दाका विषयहरूमा पनि छलफल भयो।’

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतिले प्रतिनिधि सभामा प्रस्तुत गर्नेगरी समितिबाट पास भएको र त्यसबारेमा नेताहरूले बोल्दा समर्थनमा बोल्नेबारेमा पनि छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .