युक्रेनले आफ्नो सेनाले रुसको एक हजार वर्गकिलोमिटर भूमि कब्जा गरेको दाबी गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई ‘ठूलो उत्तेजक कदम’ भनेका छन्। उनले रुसी सेनालाई ‘शत्रुलाई आफ्नो क्षेत्रबाट बाहिर निकाल्न’ आदेश दिएका छन्।
यसैबीच युक्रेनी सैनिक कुर्स्क क्षेत्रमा पनि उपस्थित छन्। एक सातादेखि त्यहाँ दुई देशका सेनाबीच द्वन्द्व चलिरहेको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार युक्रेनका वरिष्ठ कमान्डर अलेक्ज्यान्डर सिर्सकीले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई यसबारे जानकारी गराए।
उनले जेलेन्स्कीलाई भिडिओ लिंकमार्फत रुसी भूमिमा आक्रमण अझै जारी रहेको बताए।
सुरक्षालाई ध्यानमा राख्दै पश्चिमी रुसी क्षेत्रबाट ठूलो संख्यामा मानिसलाई विस्थापित गरिएको छ। अहिले थप ५९ हजार मानिसलाई क्षेत्र छाड्न भनिएको छ।
स्थानीय गभर्नरले उक्त क्षेत्रमा करिब २८ गाउँ रहेको र सबैमा युक्रेनी सेना पुगेको बताएका छन्। उनले भने, ‘१२ जना सर्वसाधारण मारिएका छन् र स्थिति अझै कठिन छ।’
\युक्रेनी सेना गत मंगलबारदेखि रुस छिरेका हुन्।
युक्रेनका राष्ट्रपतिले रुसले अरुका लागि युद्ध ल्याएको र अहिले त्यही युद्ध आफैँतिर फर्किरहेको टिप्पणी गरेका छन्।
Shares
प्रतिक्रिया