ad ad

राजनीति


प्रचण्डसँगको भेटमा भारतीय विदेश सचिवले सम्झिए १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता

नेपालबाट भारत जाने बिजुली चाँडै १ हजार मेगावाट पुग्ने जानकारी
प्रचण्डसँगको भेटमा भारतीय विदेश सचिवले सम्झिए १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्झौता

नेपालखबर
साउन २७, २०८१ आइतबार २०:३३, काठमाडौँ

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालबाट १० हजार मेगावट बिजुली खरिद गर्नेगरी भएको सम्झौतालाई सम्झिएका छन्।

नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। उक्त भेटमा प्रचण्ड प्रधानमन्त्री हुँदा भएको विद्युत खरिद बिक्री गर्ने सम्झौता ऐतिहासिक भएको भारतीय विदेश सचिवले बताएका थिए।

‘हजुर प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जानुभयो,’ भारतीय विदेश सचिवको भनाइ उल्लेख गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने, ‘१० हजार मेगावट विद्युत खरिद–विक्रीको सम्झौता भयो, त्यो ऐतिहासिक छ।’

२०८० जेठ १७ प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले आगामी १० बर्षमा १० हजार मेगावट बिजुली बेच्ने सम्झौता भएको थियो। भारतीय विदेश सचिवले नेपालबाट भारत जाने विद्युत चाँडै १ हजार मेगावट पुग्ने समेत जानकारी दिएका थिए । ‘भारत जाने विजुली अब छिटै १ हजार मेगावट पुग्छ, यो खबर सुनाउन पाउँदा हामी खुसी छौं,’ भारतीय विदेश सचिवले प्रचण्डसँग भनेका थिए।

प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्धमा धेरै महत्वपूर्ण कामहरु भएको उल्लेख गर्दै उनी जुनसुकै भूमिकामा भए पनि नेपालभित्र र छिमेक सम्बन्धमा ठूला योगदान रहने भारतीय विदेश सचिवको भनाइ थियो। मल्लका अनुसार प्रतिउत्तरमा प्रचण्डले पनि आफू जुनसुकै भूमिकामा भए पनि नेपाल भारत सम्बन्धलाई राम्रो बनाउन लाग्ने बताएका थिए।

‘म जुनसुकै भूमिकामा भए पनि नेपाल–भारत सम्बन्ध सुदृढ हुनुपर्छ, राम्रो हुनुपर्छ भन्नेमा छु,’ प्रचण्डको भनाइ थियो, ‘नेपालको विकासमा महत्वपूर्ण योगदान दिनेगरी विद्युत व्यापार लगायतका सम्झौता महत्वपूर्ण छन्, तिनलाई कार्यान्वयन गर्नुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .