राजनीति


पार्टीको सुझाव कार्यान्वयन गरेर एमसीसी अनुमोदन हुन्छः परराष्ट्रमन्त्री

पार्टीको सुझाव कार्यान्वयन गरेर एमसीसी अनुमोदन हुन्छः परराष्ट्रमन्त्री

नेपालखबर
फागुन १९, २०७६ सोमबार १०:१४,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पार्टीले गठन गरेको कार्यदलको सुझाव कार्यान्वयन गरेर मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गरिने बताएका छन्।

सगरमाथा संवाद स्थगनसम्बन्धी जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले एमसीसी अनुमोदन गर्नै भनेर सरकारले संसदमा पेस गरेको बताए।

‘मैले कोड अफ कन्डक्टका कारण एमसीसीबारे धेरै बोल्न मिल्दैन। सरकारले अनुमोदन गर्नै भनेर संसदमा दर्ता गराएको हो,’ ज्ञवालीले भने, ‘पार्टीले सुझाव दिएको छ। त्यो सुझाव कार्यान्वयन गरेर एमसीसी अनुमोदन हुन्छ भन्ने अपेक्षा छ।’

एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेमा नेकपाभित्र चर्को मतभेद छ। केन्द्रीय समितिले यसबारे अध्ययन गरी सुझाव दिन झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

सो कार्यदलले सर्तहरु परिमार्जन गरेर मात्रै सो सम्झौता अनुमोदन गर्नुपर्ने सुझाव दिएको छ। यद्यपि कार्यदलको प्रतिवेदन सार्वजनिक भएको छैन।

पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले रिक्त रहेको राजदूतको नियुक्ति प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि मात्र हुने जानकारी पनि दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad