ad ad

राजनीति


खोकनामा राजनीतिबाहेक अरु चिज मिसिएको छ, बुझिरहेका छौँ : प्रधानमन्त्री

‘काठमाडौँ–तराई द्रुतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध’
खोकनामा राजनीतिबाहेक अरु चिज मिसिएको छ, बुझिरहेका छौँ : प्रधानमन्त्री

नेपालखबर
साउन २१, २०८१ सोमबार १३:३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई द्रुतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्। सोमबार सोही द्रतुमार्गअन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्। 

‘यस मार्गमा आउने बाधा व्यवधान समाधान गर्न सरकार तयार छ,’ ओलीले भने, ‘पहिले पनि मैले नै नेपाल आफैँले बनाउनुछ भनेर घोषणा गरेर बजेट समेत छुट्याएको थिएँ।’

उनले खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको दाबी गरे। 

‘खोकनाको जमिनमा पोल्टिक्स मात्रै होइन अरु पनि के के चिज मिसिएको छ हामी बुझिरहेका छौँ,’ ओलीले भने। ब्रेक थ्रु कार्यक्रममै सम्बोधन गर्ने क्रममा प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जग्गामा राजनीति भइरहेको बताएका थिए। 

द्रुतमार्गको काममा आज भएको ब्रेक थु्रु खुसीको विषय भएको भन्दै उनले सफलताका लागि धन्यवाद दिए। 

‘नेपाल जे हुनु पर्ने थियो त्यने भएको छैन, जुन रफ्तारमा विकास गर्न पर्थ्यो त्यो भको छैन अब गर्न पर्छ,’ ओलीले भने। 

प्रधानमन्त्री ओलीले केही भइरहेको छैन भने स्थापित गर्न खोजिएको विषयलाई यस्ता कामले खण्डन गर्ने पनि बताए। 

‘मैले पहिले नि भनेको थिएँ नेपाल टनेल युगमा प्रवेश गरेको छ। देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिलाई स्तरिय र प्रविधिका हिसावले पनि अगाडि बढाउन पर्छ,’ ओलीले भने। 

उनले नयाँ काम सुरु गर्ने भन्दा पनि भइरहेको कामलाई पूरा गर्नुपर्नेतिर जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .