राजनीति


प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाए : मुख्यमन्त्री पौडेल

प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाए : मुख्यमन्त्री पौडेल

नेपालखबर
फागुन १९, २०७६ सोमबार ६:५६,

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई दलदलमा फसाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेप्रति खबरदारी आवश्यक रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको सफलताको कामना गर्दै सोमबार शुभकामनामा सन्देश जारी गर्दै मुख्यमन्त्री आगामी दिनमा राष्ट्रले प्राप्त गर्ने उपलब्धिको हेक्कासमेत नराखी प्रधानमन्त्रीलाई असफल बनाएर आफ्ना स्वार्थ पूरा गर्न तम्सनेहरु जगमगाएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री पौडेलले सन्देशमा देशलाई अस्थिरतातर्फ लान चाहनेहरुप्रति नागरिकले सचेत भएर प्रत्युत्तर दिनुपर्ने बताएका छन्। ‘प्रधानमन्त्रीलाई घेराबन्दी गरेर राजनीतिक दाउपेच र षड्यन्त्रमा होइन, देशलाई समृद्ध बनाउने अभियानमा साथ दिए मुलुक समृद्ध बन्नेछ। नेताहरू बीचको एकता नै आजको आवश्यकता हो’, सन्देशमा भनिएको छ।

उनले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको शिक्षण अस्पताल महाराजगञ्जमा बुधबार दोस्रोपटक हुन गइरहेको मिर्गौला प्रत्यारोपण शल्यक्रियाको सफलताको शुभकामना समेत व्यक्त गरेका छन्।

‘नेपाली जनतामा आशाका किरणहरु जागृत गराउने राष्ट्रनायक क. ओलीकै नेतृत्वमा देशले स्थायित्व पाएको छ। उहाँकै नेतृत्वकालमा साना साना समूहमा छरिएर रहेका कम्युनिष्ट मत एकीकृत बनेर देशकै ठूलो शक्तिका रूपमा उदाएको छ। लामो समयदेखि मुर्छित झैँ भएका नेपाली जनताका सपनाले जगमगाउने अवसर पाएका छन्। सुषुप्त अवस्थामा रहेको नेपाली जनताका समृद्धिका सपनाहरू जागेका छन्, आशाका किरणहरू उदाएका छन्’, सन्देशमा भनिएको छ, ‘ओलीकै दूरदृष्टिसहितका योजनाको कार्यान्वयनको शुरुवाती नतिजाले समृद्धिको यात्रा तय गराइसकेको आभाष मिलेको छ। देशको अर्थतन्त्रमा उल्लेख्य सुधार भएको छ। आयात घटेको छ, निर्यात बढेको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad