राजनीति


बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै, लगत्तै अमेरिका भ्रमण

बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै, लगत्तै अमेरिका भ्रमण

फाइल तस्बिर


नेपालखबर
साउन १७, २०८१ बिहिबार १६:५०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो अर्को महिना थाइल्यान्ड र अमेरिकाको भ्रमण गर्ने भएका छन्।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सेप्टेम्बरमा थाइल्यान्डको बैंककमा हुने भएकाले त्यसमा सहभागिताका लागि प्रधानमन्त्री ओली जाने भएका हुन्।

भ्रमणको तयारी भइरहेको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। भ्रमणलाई दुईपक्षीय बनाउने गरी तयारी भइरहेको पनि उनले जानकारी दिए।

सेप्टेम्बर ४ वा ५ मा शिखर सम्मेलन हुने गरी अनौपचारिक छलफल भइरहेको छ।

यसबीचमा आकस्मिकरूपमा अरू देशमा भ्रमण भएन भने प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो विदेश भ्रमण थाइल्यान्ड हुनेछ।

सेप्टेम्बर १० मा संयुक्त राष्ट्र संघको ७९ औँ महासभा हुँदै छ। थाइल्यान्ड भ्रमणलगत्तै प्रधानमन्त्री ओली अमेरिका जान सक्नेछन्।  

सेप्टेम्बर २४ देखि ३० सम्म महासभालाई सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले सम्बोधन गर्ने तालिका छ। प्रधानमन्त्री ओलीले सेप्टेम्बर २६ मा सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad