ad ad

राजनीति


भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस–एमाले समीकरण बन्यो : सांसद मोदी

भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस–एमाले समीकरण बन्यो : सांसद मोदी

नेपालखबर
साउन १४, २०८१ सोमबार १५:४३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाइल बन्द गर्न कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको आरोप लगाएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरेको दाबी गरे।

आफूमाथि लागेको भ्रष्टाचारबाट मुक्ति पाउने कामलाई कांग्रेस–एमालेले प्राथमिकता दिएको उनको जिकिर थियो। 

गिरीबन्धु टी स्टेट र भुटानी शरणार्थी प्रकरण छानबिनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन? भनि प्रश्न समेत गरे।

‘गिरीबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरू छन्। त्यसको विषयमा पहिलाको सरकारले जस्तै कामहरु निरन्तरता दिन्छ कि दिँदैन? यसलाई अगाडि बढाउँछ कि बढाउँदैन? भन्ने महत्त्वपूर्ण कुरा हो। नेकपा एमाले र नेपाली कांग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाई लाग्दैन,’ उनले भने।

सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारको विरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए।

‘खाली उहाँहरूले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाईलहरु बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो। संविधान संशोधन गर्ने भनेर जनतामा भ्रमको सृजना गर्न खोजिएको छ। हाम्रो पार्टी आज प्रतिपक्षमा छ। भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौँ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .