ad ad

राजनीति


डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ : सांसद बस्नेत

डेडिकेटेड र ट्रंकलाइन विवादमा सरकार गलत बाटो हिँड्दैछ : सांसद बस्नेत

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:२८, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरूबाट गर्न जरुरी रहेको बताए। 

डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको उनको भनाइ थियो। 

सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै उनले सचेत गराए।

‘डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ। त्यसको निरुपण गर्ने विशेष कानुनी र विशेष व्यवस्थाहरू पनि छ। सरकार त्यो बाटो हिँड्नुपर्‍यो। कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने। सरकार गलत बाटो हिँड्दैछ,’ उनले भने, ‘सभामुखमार्फत सचेत गराउन चाहन्छु। नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरुमा रुचि देखाएर आफूलाई विवादित नबनाउन आग्रह गर्न चाहन्छु। ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ।’

उनले नियमक निकायहरूले दैनिक कार्यकारी र व्यवस्थापकीय कामहरूमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .