कारोबार


५० करोड भारुले बढ्यो नेपाललाई भारतले दिने अनुदान, यस वर्ष ७ अर्ब

५० करोड भारुले बढ्यो नेपाललाई भारतले दिने अनुदान, यस वर्ष ७ अर्ब

नेपालखबर
साउन ८, २०८१ मंगलबार १४:२८, काठमाडौँ

छिमेकी देश भारतले नेपाललाई आफ्नो बजेटबाट दिने अनुदान बढाएको छ। 

वित्तमन्त्री निर्मला सीतारमणले सार्वजनिक गरेको युनियनबजेटमा नेपाललाई गत वर्षभन्दा ५० करोड बढी अर्थात् ७ अर्ब भारु अनुदान छुट्याएकी हुन्। 

आर्थिक वर्ष २०२४/२५ मा नेपालले भारतबाट ७ अर्ब भारु अनुदानमा पाउनेछ। गत वर्ष भारतले साढे ६ अर्ब भारु अनुदान छुट्याएको थियो। 

यस वर्ष भारतले छिमेकीसहित विभिन्न देशलाई अनुदान छुट्याएको छ। यसअनुसार भुटानलाई २० अर्ब ६८ करोड, अफगानिस्तानलाई २ अर्ब, बंगलादेशलाई १ अर्ब २० करोड, नेपाललाई ७ अर्ब, श्रीलंकालाई २ अर्ब ४५ करोड, माल्दिभ्सलाई ४ अर्ब, म्यान्मारलाई साढे २ अर्ब, मंगोलियालाई ५ करोड, अफ्रिकी देशलाई २ अर्ब, युरेसियन देशर्लाइ २० करोड, ल्याटिन अमेरिकी देशलाई ३० करोड, अन्य विकासोन्मुख देशलाई १ अर्ब २५ करोड विनियोजन गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad