ad ad

राजनीति


संसद् बैठकमा आज मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने

संसद् बैठकमा आज मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
साउन ८, २०८१ मंगलबार ९:२१, काठमाडौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने कार्यसूची छ। 

संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको कार्यसूचीअनुसार स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी सांसदहरुका मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। 

बैठकमा सभामुखले संयुक्त समितिअन्तर्गतको संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि छ। 
हेर्नुहोस् आजको बैठकका कार्यक्रम


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .