ad ad

राजनीति


प्रधानमन्त्री र सांसदबीच आज संसद्‍मा सवाल जबाफ हुने

प्रधानमन्त्री र सांसदबीच आज संसद्‍मा सवाल जबाफ हुने

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८१ सोमबार ७:५, काठमाडौँ

 प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुबीच सवाल जबाफ (प्रश्नोत्तर) हुँदैछ। 

सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्री र सांसदबीच संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था गरे पनि नियमित रुपमा त्यसको अभ्यास हुने गरेको छैन।

गएको असार ३० गते संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले हिजो (आइतबार) मात्रै प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए।

तयसैगरी आजको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .