ad ad

राजनीति


ओलीले २ वर्षपछि सरकार छोड्नेमा सबैको मनमा संशय छ: गगन थापा

ओलीले २ वर्षपछि सरकार छोड्नेमा सबैको मनमा संशय छ: गगन थापा

फाइल तस्बिर


नेपालखबर
साउन ५, २०८१ शनिबार १३:२०, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सहमतिपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरणमा संशय रहेको टिप्पणी गरेका छन्।

शनिबार ४२ औं बीपी स्मृति दिवसका सन्दर्भमा ओजित एक कार्यक्रममा उनले भने, ‘सहमतिका बुँदाहरूमध्य एउटा बुँदामा हामीले स्थिरिता दिन्छौं भनेर भन्यौं। सरकार असाध्यै बदलिए, त्यही कारण अब हामी २०८४ सम्म हामी तलमाथि गर्दैनौं भनेर भन्यौं।’

नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार पहिलो चरणमा २ वर्षसम्म नेकपा एमाले अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी भएको उल्लेख गर्दै थापाले त्यो पालना हुनेमा सबैका मनमा संशय रहेको बताए।

‘यसो कुराकानी गर्ने हो भने सबैको मनमा संशय छ,’ उनले भने, ‘अहिले हामीले भाषणमा एउटा कुरा भन्यौं भने पनि बाहिर निस्केकाबेला भोलि भनेको बेलामा छोड्छ त? ठ्याक्कै हुन्छ त भन्ने सबैका मनमा छ। संसदमा ताली ठोक्दा पनि मनमा खोइ हुने हो कि नहुने हो भन्ने छ।’

प्रमुख नेताहरूले बिगतमा एकले अर्कालाई ढाँटेकाले नै यस्तो वातावरण बनेको थापाको जिकिर छ। उनले अघि भने, ‘किनभने एकले अर्कालाई यतिपटक ढाँटिसकियो छ। उल्ले उल्लाई ढाँटेको छ। उल्ले उल्लाई छक्काएको छ। उसले उसलाई ढाँटेको गन्दा पनि १५/१६ पटक पुग्दो रहेछ। यो स्थितिमा हामी दुईटा पार्टी यहाँ आएको अवस्था छ। यो तहको अविश्वास छ। हस्ताक्षर गर्नेमा पनि अविश्वास छ। हस्ताक्षर ठिक हो भनेर निर्णय गर्नेमा पनि अविश्वास छ।’

यो सरकार र अहिलेको समझदारी यो संशयबाट मुक्त हुनुपर्नेमा थापाले जोड दिएका छन्। त्यसका लागि नेपाली कांग्रेसले दुई पार्टीबीच भएको सहमति पूर्णरुपमा लागू गर्ने प्रतिवद्धता जनाए।

‘नेपाली कांग्रेसको तर्फबाट म पार्टीकै जिम्मा लिएर भन्नसक्छु कि अहिले नेकपा एमालेसँग हामीले जुन लिखित समझदारी गरेका छौं, हाम्रो कारणले गर्दा त्यो समझदारी कहीँ पनि तलमाथि हुँदैन,’ थापाले भने, ‘अहिले २ वर्ष नेकपा एमाले अध्यक्षको नेतृत्वमा सरकार चलाउने भनिएको छ, हाम्रो कारणले तलमाथि हुँदैन। यो कुरा पछिल्लो समयमा हामीले प्रमाणित गरेर आएका छौं।’

तर, त्यस्तै अपेक्षा आफूले नेकपा एमालेबाट पनि गरेको उनले सुनाए। ‘नेपाली कांग्रेसले जुन लिखित सहमति गरेको छ, त्यसमा केही पनि तलमाथि गर्दैन,’ थापाले भने, ‘यस्तै अपेक्षा हामी नेकपा एमालेबाट पनि गर्छौं। नेताहरूप्रतिको विश्वसनीयता ठूलो परीक्षामा छ, यसपटक।’

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .