ad ad

राजनीति


संविधान संशोधनमा जनताले चासो राखेका छन्, सरकार सफल होस् : सांसद रोकाय

संविधान संशोधनमा जनताले चासो राखेका छन्, सरकार सफल होस् : सांसद रोकाय

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:५१, काठमाडौँ

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट नागरिकहरुले गरेको अपेक्षा पूरा हुने बताए। 

अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थायित्व, सुशासन दिने दाबी गर्दै उनले १० वर्षमा अभ्यास गरेको संविधानलाई अब संशोधन गरेर सफल बनाउनुपर्ने जिकिर गरे। 

‘आज नेपाली जनताले जे अपेक्षा गरिरहेका छन्, यो सरकारबाट मुलुकमा राजनीतिक स्थायित्व, सुशासन र हामीले जुन करिव १० वर्षमा अभ्यास गरेको संविधान छ, यो संविधानलाई हामीले अभ्यास गर्ने क्रममा अझै यसलाई वैज्ञानिक बनाउने कुरा, संशोधन गर्ने कुरा उठेको छ। यो विषयमा पनि नेपाली जनताले एउटा खालको अपेक्षा र चासो राखेका छन्। यसमा सरकार सफल होस्,’ उनले भने।

सांसद रोकायले कर्णाली प्रदेश हरेक कुरामा सम्भावनाले भरिपूर्ण रहेको भन्दै प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .