ad ad

राजनीति


सहरी विकासमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

सहरी विकासमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट

सहरी विकास मन्त्रीसँगको भेटमा तीनवटै सुरक्षा निकायका प्रमुख। तस्बिरः मन्त्री सिंहको सचिवालय


नेपालखबर
साउन २, २०८१ बुधबार १९:१२, काठमाडौँ

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गरेका छन्। 

सिंहदरबारस्थित मन्त्रालयलमा बुधबार भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी थिए। 

उनीहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आ-आफ्ना निकायले गरेका कामबारे जानकारी गराएका थिए। भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .