ad ad

राजनीति


प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

नेपालखबर
साउन २, २०८१ बुधबार १५:१०, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन्।

उनले आइतबार (साउन ६ गते) प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिने नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालखबरलाई जानकारी दिए।

अहिले नेपाली कांग्रेस, नेकपा एमाले, जसपा र लोसपा सरकारमा छन्। सबै मन्त्रालयको भागबण्डा टुंगिएर २२ सदस्यीय मन्त्रिपरिषद् गठन पनि भइसकेको छ। 

अन्य दलहरूले सरकारलाई समर्थन गर्ने–नगर्ने विषय अहिलेसम्म अन्योलमै छ। 

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

संसदका सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .