परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदबारस्थित मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो।
भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिए।
परराष्ट्र मन्त्रालयले शिष्टाचार भेटमा परराष्ट्रमन्त्री राणा र भारतीय राजदूत श्रीवास्तवका बीचमा नेपाल–भारत सम्बन्ध र सहयोगका विषयमा छलफल भएको जनाएको छ।
सोमबार परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाले भारतीय राजदूतसँग पहिलो भेटवार्ता गरेकी हुन्। भेटमा परराष्ट्र सचिव सेवा लम्साललगायत अधिकारीको पनि उपस्थिति थियो।
132
Shares
प्रतिक्रिया