ad ad

राजनीति


सिमलताल बस दुर्घटनाको अध्ययन गर्न  कार्यदल बनाउने गृहमन्त्रीको पहिलो निर्णय

सिमलताल बस दुर्घटनाको अध्ययन गर्न  कार्यदल बनाउने गृहमन्त्रीको पहिलो निर्णय

नेपालखबर
असार ३१, २०८१ सोमबार १६:४७, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले गत शनिबार नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालको पहिरोमा हराएका बसबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन्। 

गृहमन्त्रालयमा पदभार ग्रहण गरेपछि गृहमन्त्री लेखकले सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन्। 

कार्यदलमा ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना र सहसचिव रिजाल गरी ५ जना छन्।

कार्यदललाई १० दिन समय दिइएको छ।

गृहमन्त्री लेखकले गृहमन्त्रीको रुपमा आफूले गर्ने काम विधिको शासन, शान्ति व्यवस्था र अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रीत हुने बताए। 

उनले प्राकृतिक प्रकोपको कारण सिर्जित परिस्थितिको सम्बोधन गर्ने पनि बताए।

‘अहिले प्राकृतिक प्रकोपले जुन विषम परिस्थिति उत्पन्न गरेको छ, यसको सम्बोधन गर्ने हाम्रो दायित्व हो,’ गृहमन्त्री लेखकले भने, ‘मेरा सबै कामहरू देशमा विधिको शासन, शान्ति व्यवस्था, अपराध नियन्त्रण गर्ने कुरामा केन्द्रित रहनेछ।’

सिमलतालमा पहिरोले बगाएका दुई वटा बसका १३ जनाको शव फेला परेका छन्।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले दिएको जानकारी अनुसार ४ पुरुष र एक महिलाको सनाखत हुन बाँकी छ।

ती शव पनि नेपाल प्रहरीले आफन्तसँग सम्पर्क गरेर सनाखत गर्ने प्रयास गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .