ad ad

राजनीति


प्रधानमन्त्रीपछि दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

प्रधानमन्त्रीपछि दुई उपप्रधान र १९ मन्त्रीले लिए शपथ

नेपालखबर
असार ३१, २०८१ सोमबार १२:३०, काठमाडौँ

नवनियुक्त प्रधानमन्त्री, उपप्रधान र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय विष्णु पौडेल र प्रकाशमान सिंह लगायत अन्य १९ मन्त्रीले शपथ लिएका हुन्। 

सुरुमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ खुवाएका थिए। लगत्तै, दुई उपप्रधानमन्त्रीको शपथ ग्रहण भयो। 

त्यसपछि बाँकी १९ जना मन्त्रीको शपथ ग्रहण गराइएको हो। 

उनीहरू सबैले आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नेछन्। 

संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .