ad ad

राजनीति


यी हुन् कांग्रेसका ९ मन्त्री, शेखर समूहबाट प्रदीप र बद्रीलाई पठाइयो

यी हुन् कांग्रेसका ९ मन्त्री, शेखर समूहबाट प्रदीप र बद्रीलाई पठाइयो

नेपालखबर
असार ३१, २०८१ सोमबार ११:२२, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। संस्थापन पक्षबाट ६ र इतर पक्षबाट तीनजना गरी ९ मन्त्रीको नाम कांग्रेसले टुंग्याएको हो। कांग्रेस नेतृत्वले हिजो तय गरेका केही नाम हेरफेर गरी मन्त्रीको सूची बुझाएको हो।

प्रधानमन्त्री ओलीको शपथलगत्तै मन्त्रीहरूले पनि शपथ लिनेछन्। 

स्रोतका अनुसार, आफ्नो भागमा परेका ९ वटामा उपप्रधान तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर प्रकाशमान सिंह नेतृत्वमा कांग्रेस सरकारमा जाँदै छ। 

त्यस्तै, गृह मन्त्रालयमा रमेश लेखक, परराष्ट्र मन्त्रालयमा आरजु देउवा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा दीपक खड्का, वन मन्त्रालयमा ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अजय चौरसिया र युवा तथा खेलकुद मन्त्रालयमा तेजुलाल चौधरीले जिम्मेवारी लिँदै छन्। 

बाँकी रहेका तीन वटा मन्त्रालयमा शेखर–गगन समूहका सांसदहरूको नाम टुंगो लगाइएको छ। 

सो समूहबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा प्रदीप पौडेल मन्त्री बन्दै छन्। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्री पाण्डे र कृषिमन्त्रीमा रामनाथ अधिकारीलाई पठाइने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .