ad ad

राजनीति


देउवा र ओलीले गरे राष्ट्रपतिलाई बुझाउने नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर (तस्बिरहरू)

देउवा र ओलीले गरे राष्ट्रपतिलाई बुझाउने नयाँ सरकार गठनको दाबीमा हस्ताक्षर (तस्बिरहरू)

नेपालखबर
असार २८, २०८१ शुक्रबार २०:६, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन्। शुक्रबार संसद्बाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि उनीहरूले नयाँ बानेश्वर परिसरमै नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका हुन्। 

उनीहरूले हस्ताक्षर गरेको र अन्य सांसदको पनि संकलन गरिएको निवर्तमान मन्त्री ज्वालाकुमारी साहले नेपालखबरलाई जानकारी दिइन्।

‘नेपाली कांग्रेस, नेकपा एमाले, जनमत लगायत दलका सांसदहरूको हस्ताक्षर संकलन भएको हो,’ उनले भनिन्, ‘राष्ट्रपतिबाट आह्वान हुनेबित्तिकै पेस गर्ने तयारी छ।’

सोही हस्ताक्षर अब राष्ट्रपति कार्यालयमा पठाइनेछ। 

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार आह्वान गरेलगत्तै एमाले र कांग्रेसले दाबी पेस गर्ने बताएका छन्। 

जसका लागि सांसदहरूको हस्ताक्षर तयार भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .