ad ad

राजनीति


कांग्रेस र एमालेलाई कसले मिलाइदिएको हो घामजस्तै छर्लंग छ : प्रधानमन्त्री

कांग्रेस र एमालेलाई कसले मिलाइदिएको हो घामजस्तै छर्लंग छ : प्रधानमन्त्री

नेपालखबर
असार २८, २०८१ शुक्रबार १२:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ  नबनेको दाबी गरेका छन्। 

प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ सुरु गरेको जिकिर गरे। 

‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईँहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो। प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरू गरेँ। कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरू गरेँ। राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ,’ उनले भने, ‘कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ। त्यो सत्य होइन। तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लंग छ।’

आफूले विधिको शासन सुरू गरेको जिकिर गर्दै उनले कांग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए।

‘सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ। साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो। नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो,’ उनले भने, ‘तपाईंहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईंहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ। स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन। आज जुन समूहहरूले तपाईंहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .