ad ad

राजनीति


प्रचण्डको दाबी– जनताले देख्ने र बुझ्ने गरी मेरो नेतृत्वको सरकार राम्रो अंक पाएर उत्तीर्ण भयो

प्रचण्डको दाबी– जनताले देख्ने र बुझ्ने गरी मेरो नेतृत्वको सरकार राम्रो अंक पाएर उत्तीर्ण भयो

नेपालखबर
असार २८, २०८१ शुक्रबार १२:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार जनताले देख्ने र बुझ्नेगरी राम्रो अंकका साथ उत्तीर्ण भएको दाबी गरेका छन्।

शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन्। 

‘म सबै उपलब्धिको व्याख्या यहाँ गर्न सक्दिनँ, किनभने त्यो धेरै लामो हुन्छ। म यत्ति भन्छु, संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार, पुनरुत्थान, उत्पादन, रोजगारी, सुशासन, सार्वजनिक सेवा प्रवाह, नागरिकमैत्री शासन प्रणालीको स्थापना, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितका रक्षा लगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएको मेरो दाबी छ,’ उनले भने। 

साथै, आफूले सरकारी निवास बालुवाटार बसेर सिंहदरबारमा शासन गर्ने परम्परा भत्काएको जिकिर गरे। 

‘मैले बालुवाटारबाट सिंहदरबारमा शासन गर्ने गलत परम्परा भत्काएँ। सिंहदरबारमा नियमित उपस्थित भएर कार्यसम्पादन गरेँ,’ प्रचण्डले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .