राजनीति


चितवनमा प्रचण्डले भने : सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नैपर्छ (भिडियाे)

चितवनमा प्रचण्डले भने : सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नैपर्छ (भिडियाे)

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ६:१३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको निर्णय प्रधानमन्त्रीले मान्नुपर्ने बताएका छन्।

पार्टीभित्र अन्तविरोध चर्किरहेका बेला बिहीबार गृहजिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले सचिवालयले प्रधानमन्त्री ओलीकै उपस्थितिमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए।

उनले एक दुई दिनमै निर्णय कार्यान्वयन हुने विश्वास समेत व्यक्ति गरे। ‘पार्टीले गरेको निर्णय प्रधानमन्त्रीजीले मान्नै पर्छ, उहाँले मान्नुहुन्छ’, भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ।’ अध्यक्ष प्रचण्डले सचिवालयको निर्णय कार्यान्वयन गरेरै छाड्ने बताए।

‘राष्ट्रियसभाको एउटा सिटमा वामदेव गौतमजी नै जानुहुन्छ’, उनले भने, ‘सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने भन्ने हुँदैन।’

भिडियाे:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad