राजनीति


नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ : सापकोटा

नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ : सापकोटा

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ६:५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पार्टी शीर्ष नेताहरुलाई कार्यशैली सच्याउन आह्वान गरेका छन्।

नेताहरुको कार्यशैलीका कारण जनतामा राजनीतिप्रति अविश्वास र वितृष्णा पैदा भएको भन्दै उनले त्यसले अस्थिरतामात्रै निम्त्याउने बताए।

अध्यक्ष सापकोटाले सरकारका मन्त्री र पार्टी नेतृत्वलाई जनता र कार्यकर्ताभन्दा जागिरे, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेका कारण नै जनतामा राजनीतिप्रति अविश्वास जाग्न थालेको बताए।  नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति नै विघटनको दिशामा जाने भन्दै उनले शीर्ष नेताहरुलाई कार्यशैली सच्याउन आह्वान गरे।

‘सरकारका मन्त्रीहरु, पार्टी र नेताहरुलाई आफ्ना कार्यतकर्ता र जनता होइन (जो उनका लागी मर्न र मार्न तयार थिए, छन्) केही जागिरदार, व्यापारी र पैसावालहरु प्रिय लाग्न थालेपछि राजनीतिप्रति मानिसहरुको अनास्था जाग्न थाल्छ’,  शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘हिजो जसको काँधमा चढेर ‘ऊ माथि चुचुरोमा’ पुगेको हो, उही अप्रिय लाग्ने नेताहरुको कार्यशैली रोकिएन भने राजनीतिप्रतिको अविश्वास र अनास्थाले अस्थिरता निम्त्याउँछ। नेतृत्वप्रति कार्यकर्ताको विश्वास गुम्यो भने पार्टी र राजनीति विघटन हुन्छ। नेताहरुले कार्यशैली सच्याऊ।’

नेकपामा पछिल्लो समय देखिएको विवादलाई संकेट गर्दै अध्यक्ष सापकोटाले नेतृत्वलाई सचेत गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad