खेल


आईलिगको विजयोत्सव मनाउन सावित्रा भारत प्रस्थान

आईलिगको विजयोत्सव मनाउन सावित्रा भारत प्रस्थान

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार ६:२६,

राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी आइलिगको विजयोत्सव मनाउन शुक्रबार भारत प्रस्थान गरेकी छन्।

विजयोत्सब शनिबार मनाइँदै छ। सोही दिन पुरुषहरुको गोकुलम र मिनेर्भा पञ्जावबीच खेल हुँदै छ। शनिबार विजयउत्सवको तयारीमा रहेको गोकुलमको विशेष निमन्त्रणामा साम्बा भारत लागेकी हुन्।

गत फागुन २ गते ब्याङ्ग्लोर फुटबल स्टेडियममा कृप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले पहिलो पटक उपाधि हात पारेको हो।

टोलीलाई च्याम्पियन बनाएर साम्बा गत आइतबार स्वदेश फर्केकी थिइन्। टोलीले खेलेका लिगका सबै ७ खेलमा सावित्राले गोल गरिन्। उनले लिगभर १६ गोल गरेकी थिईन्। त्यसअघि समुह चरणको अन्तिम खेलमा साम्बाले ह्याट्रिक गरेकी थिइन्। लिगको सर्वाधिक गोलकर्ता बनेकी सावित्राले १ लाख भारतीय रुपैयाँ प्राप्त पाएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad