ad ad

राजनीति


माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

माओवादी संसदीय दलको बैठक सिंहदरबारमा

नेपालखबर
असार २६, २०८१ बुधबार १४:४६, काठमाडौँ

सत्तारूढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ।

सत्ता साझेदार नेकपा एमालेलगायत दलले साथ छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका बेला माओवादी संसदीय दलको बैठक बसेको हो।

एमालेले कांग्रेससँग सत्ता साझेदारी गर्ने सहमति गरेपछि प्रधानमन्त्री प्रचण्डले पर्सि असार २८ गते संसदमा विश्वासको मत लिने भनेका छन्।

एमाले र कांग्रेस मिलेर नयाँ सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्ने सहमति भएको छ। यी दुवै दलले प्रचण्डलाई प्रधानमन्त्रीको पदबाट राजीनामा दिन सुझाव पनि दिइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .