नेकपा एमालेले नेता, कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ। बुधबार बसेको सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेको हो।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार एक वर्षअघिको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको हो। नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइनेछ।
‘एक वर्षअघिको नेताहरूको कार्य विभाजन र जिम्मेवारी फेरिएको छ,’ ज्ञवालीले पार्टीको निर्णय सुनाउँदै भने, ‘अब नेताहरू आफ्नै कार्यक्षेत्रमा फर्कनुहुनेछ। केन्द्रीय सदस्यहरूलाई आफ्नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको छ।’
यसअघि आफ्नो भूगोलभन्दा फरक जिम्मेवारीमा नेताहरूलाई पठाइएको थियो।
निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर केन्द्रीय नेताहरूको जिम्मेवारी केन्द्रबाटै तोकिने छ। प्रदेशले पालिकालाई आधार बनाएर प्रदेश तहका नेताहरूको जिम्मेवारी तोक्ने छ।
त्यस्तै पालिकाले वडालाई अधार बनाएर नेता, कार्यकर्ताहरूको कार्यविभाजन गर्ने एमालेकाे मापदण्ड छ।
Shares
प्रतिक्रिया