नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने टिप्पणी गरेका छन्।
‘कांग्रेस राम्रोसँग चलेको छैन,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ। यति सत्य बोल्दा कांग्रेसमा कसैले काबाही भोग्नु पर्दैन।’
शर्माको यो टिप्पणी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वापा) लक्षित देखिन्छ। नेतृत्वको समेत अलोचना भएको समीक्षा प्रतिवेदन तयार पारेपछि उत्पन्न विवादका कारण रास्वपाका संस्थापक महामन्त्री मुकुल ढकाल पार्टीको कारबाहीमा परेका छन्।
कांग्रेस महामन्त्री शर्माले नाम नलिइकन रास्वपाको कारबाहीलक्षित टिप्पणी गरेको देखिन्छ। उनले प्रश्न, आलोचना र विरोधरुपमा सहजग्रहण गरेरै कांग्रेस यहाँसम्म आइपुगेको समेत उल्लेख गरेका छन्।
‘प्रश्न, आलोचना र विरोध सहजग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म कांग्रेस जीवन्त छ,’ शर्माको भनाइ छ, ‘रहिरहनेछ। रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी।'
काँग्रेस राम्रोसँग चलेको छैन l बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ l यति सत्य बोल्दा काँग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन !
प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखी यो समयसम्म काँग्रेस जीवन्त छ / रहिरहनेछ l रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी l pic.twitter.com/uZnFddSOJF — Bishwa Prakash शर्मा (@bishwaprakash77) July 10, 2024
Shares

प्रतिक्रिया